काठमाण्डौ । मन्जुश्री फाइनान्सले टप–अपमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले एफवानसँगको सहकार्यमा सीमित अवधिका लागि यो अफर ल्याएको हो ।
अफरअन्तर्गत मन्जुश्री स्मार्ट बाट टप–अप गर्दा २० प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याक पाउन सकिनेछ ।
मन्जुश्री फाइनान्सले २७ वटा शाखाद्वारा सेवा पुर्याउदै आएको छ । फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स, मोवाइल बैंकिङ, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।