काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो ।
यससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलमा ३०० बढेर प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि वुद्धि भएको छ । आज नेपालीमा बजारमा चाँदीको भाउमा प्रतितोलामा ५ रुपैयाँ वृद्धि भएको छ । यो वृद्धिसँगै चाँदीको भाउ १ हजार ४०४ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।