सोमबार, श्रावण १८,२०८३ 02:23:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:51
Bizshala
Global IME Bank Limited

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ
New Office

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।  

मिलेमतोमा धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरी ठगीको आरोपमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई सीआईबीले पक्राउ गरेको हो ।  

श्रेष्ठसहित पक्राउ परेका अधिकांश सेञ्चुरी बैंकका सञ्चालकहरु छन् । 

सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, मनबहादुर राई, राजेशकुमार दली, गीता प्रधान, रोशनकुमार निरौला र शिव रिसाल पनि पक्राउ परेका छन् ।  

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीकाअनुसार यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ परेका थिए । सोही प्रकरणमा संलग्नता देखिएपछि सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुलाई पक्राउ गरिएको हो।  

सञ्चालक समितिका अध्यक्ष तथा सदस्य र उच्च व्यवस्थापनको मिलेमतोमा तत्कालीन सेञ्चुरी बैंकले २०७७ सालमा देउराली सहकारीमार्फत कमसल धितो राखेर अधिक कर्जा प्रवाह गरेको थियो । सो क्रममा ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरेको प्रकरणमा पक्राउ परेका कर्मचारीलाई हाजिरी जमानीमा छाडिएको झण्डै तीन महिनापछि सञ्चालकहरुलाई सीआईबीले पक्राउ गरेको हो ।  

सेञ्चुरी बैंकले जथाभावी ऋण प्रवाह गरेका अन्य फाइलहरुको विषयमा समेत सीआईबीले अनुसन्धान गरिरहेको छ । सेञ्चुरी कमर्सियल बैंकले जथाभावी गरेकै कारण प्रभू बैंकमा बिलय भएपछि सो बैंकको खराब कर्जामा अस्वभाविक वृद्धि भएको देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.