सोमबार, श्रावण १८,२०८३ 02:26:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:41
Bizshala
Global IME Bank Limited

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा
New Office

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सुदूरपश्चिमको बैतडीमा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३० गतेदेखि दशरथचन्द नगरपालिका–.२ स्थित देहीमाण्डौंमा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल िविस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ । प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको दाबी छ ।

बैंकको देहीमाण्डौं शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.