सोमबार, श्रावण १८,२०८३ 04:53:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:53:26
Bizshala
Global IME Bank Limited

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय
New Office

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने भएको छ । युरोपेली नेताहरुले चिनियाँ अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा ३८ प्रतिशतको भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  

यो नयाँ भन्सार शुल्क आगामी जुलाई ४ देखि लागू हुनेछ । ईयुले चीनबाट सरकारी अनुदानमा निर्माण भईरहेका सस्ता कारहरु युरोपमा भित्राईरहेको विषयमा अनुसन्धान जारी राखेकै बेला यस्तो निर्णय सार्वजनिक भएको हो । चीनले ईयको यो निर्णयले अन्तराष्ट्रिय व्यापारको कानून उल्लंघन गरेको भन्दै भन्सार शृुल्क बढाउने निर्णयलाई सुरक्षावादको संज्ञा दिएको छ ।  

ईयुले गत अक्टोबर महिनादेखि सञ्चनालन गरिरहेको अनुसन्धानमा सहकार्य गरिरहेका ईभी निर्माताहरुलाई २१ प्रतिशत र अनुसन्धानमा सहयोग गर्न असमति जनाएका निर्माताहरुलाई भने ३८.१ प्रतिशतको भारी भन्सार शुल्क निर्धारण गरिएको छ ।  

यससँगै बीवाईडीले १७.४ प्रतिशत,गिलीले २० प्रतिशत र एसएआईसीले ३८.१ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ । चीनमा ईभी कार उत्पादन गरिरहेका बीएमडब्लु जस्ता क्गैर–चिनियाँ कम्पनीहरु पनि ईयुको यो निर्णयबाट प्रभावत हुने भएका छन् ।  

टेस्लाले भने विशेष आग्रहका आधारमा व्यक्तिगत मापन गरिएको शुल्क तिर्ने ईयुले जनाएको छ । ईयुको यो निर्णयको चीनले मात्रै नभई युरोपकै नेता तथा अटो उद्योगसँग सम्बन्धित व्यक्तिहरुले आलोचना गरिरहेका छन् ।   -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.