सोमबार, श्रावण १८,२०८३ 01:59:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:47
Bizshala
Global IME Bank Limited

बीमा कम्पनीमा १%भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुनुपर्ने

बीमा कम्पनीमा १%भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुनुपर्ने
New Office

काठमाण्डौ । बीमा कम्पनीहरुले एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनी तथा सञ्चालक समितिका पदाधिकारीलाई संस्थागत क्षमता अभिबृद्धि कार्यक्रममा सहभागी गराउनुपर्ने भएको छ ।  

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशक, २०८१ जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।  

प्राधिकरणका अनुसार सञ्चालक समितिका पदाधिकारीसँगै एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका उच्च व्यवस्थापन र कर्मचारीहरुले समेत यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ ।  

बीमा कम्पनीहरुले सेयरधनी, पदाधिकारी र उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अभिमुखीकरण गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।  

यसका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादाी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कार्यमा प्रत्यक्ष तथा नियमित रुपमा कार्यान्वयन अधिकारी र अन्य कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी स्वदेशी तथा विदेशी तालिममा सहभागी गराउनुपर्नेछ ।  

त्यस्तै, बीमा अभिकर्ता र सर्भेयरको क्षमता अभिबृद्धिका लागि नियमित रुपले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धनी तालिममा सहभागी गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.