काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।