सोमबार, श्रावण १८,२०८३ 01:59:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:41
Bizshala
Global IME Bank Limited

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पुशपति रिक्रियशन प्रालि धुम्बराही–काठमाण्डौबीच कुमारी बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट ग्राहकहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.