सोमबार, श्रावण १८,२०८३ 01:59:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:50
Bizshala
Global IME Bank Limited

प्रतिबद्धता शुल्क भनेको के हो ? स्वीकृत कर्जाको कति प्रतिशत रकम उपयोग नगर्दा कति तिर्नुपर्छ ?

प्रतिबद्धता शुल्क भनेको के हो ? स्वीकृत कर्जाको कति प्रतिशत रकम उपयोग नगर्दा कति तिर्नुपर्छ ?
New Office

काठमाण्डौ । कर्जा स्वीकृत भएपश्चात बैंक तथा वित्तीय संस्थाले योजनावद्ध रुपमा ग्राहकले सो कर्जा उपयोग गर्ने अपेक्षा गरेर स्रोत सुनिश्चित गर्ने गर्दछन् । यदि ग्राहकले तोकिएको अविधिभित्र स्वीकृत कर्जाको निश्चित सीमासम्मको रकम उपयोग नगरेमा कर्जा प्रदान गर्ने संस्थाले सम्झौताबमोजिम लिने शुल्कलाई प्रतिबद्धता शुल्क भनिन्छ ।  

यससम्बन्धी नियामकीय व्यवस्था के रहेको छ ?

–ग्राहकले आफ्नो स्वीकृत कर्जा सीमाको वार्षिक औषत ६० प्रतिशतभन्दा कम रकम उपयोग गरेमा कम हुने रकममा मात्रै यस्तो शुल्क लिन पाइन्छ । जस्तै औषतमा ३५ प्रतिशत मात्रै उपयोग गरेको भए उपयोग नगरेको २५ प्रतिशतमा मात्रै प्रतिबद्धता शुल्क लिन पाइन्छ ।  

–संस्थाले लिने सेवाशुल्क (वाणिज्य बैंकमा ०.७५ प्रतिशत,विकास बैंकको हकमा १ प्रतिशत तथा वित्त कम्पनीको हकमा १.२५ प्रतिशत)को २० प्रतिशतसम्म मात्र यस्तो शुल्क लिन पाइन्छ ।  

–यो शुल्क अग्रिम रुपमा लिन नपाइने र आवधिक कर्जाको हकमा स्वीकृत कर्जा सीमाभन्दा कम उपयोग गरेको अवस्थामा उपयोग नगरेको रकममा एकपटकका लागि मात्र यो शुल्क लिन सकिने व्यवस्था रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.