काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँ बढेको हो ।
यससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलमा १०० बढेर प्रतितोला १ लाख १८ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज नेपालीमा बजारमा चाँदीको भाउ प्रतितोला१ हजार ४२० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।