काठमाण्डौ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानूनविपरीत २० करोड राजश्व छुट दिएको भन्दै अख्तियारले पोखरा महानगरपालिकामा छापा मारेको हो ।
मणिपाल अस्पताललाई २० करोड छुट दिएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।