काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनोद आचार्य पुनःनियुक्त भएका छन् । संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १ गतेबाट लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।