काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आज नवीन कर्जा सुरक्षण कार्यक्रमहरु मार्फत लघु उद्यमीहरुको प्रबर्धन गरी अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले सोसँग सम्बन्धित सरोकारवाला घ बर्गका लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा उच्च ओहोदामा आसिन प्रतिनिधि,निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत,सहायक प्रमुख कार्यकारी अधिकृत,विभागीय प्रमुखहरु र कोषका कर्मचारीहरु सम्मिलित आधा दिने अन्तरक्रियात्मक कार्यक्रम भक्तपुरको होटल हेरिटेजमा सम्पन्न भएको हो ।
होटल हेरिटेजमा २ बजेदेखि आयोजित उक्त कार्यक्रममा बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु तथा उच्च पदस्थ कर्मचारीहरु,कोषका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरु लगायत विभिन्न मिडिया हाउसका मिडियाकर्मीहरु गरी ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।
कोषका अधिकृत दिनेश कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषका प्रबन्धक मन्दिरा थपलियाले सहभागीहरुलाई कोषको संक्षिप्त परिचय दिँदै कोषद्वारा सञ्चालित पुराना तथा नवीन कार्यक्रमरुको बारेमा जानकारी गराएका थिए । त्यसलाई तथ्याङ्कको माध्यमबाट उजागर गर्दै कोषले जोखिम व्यवस्थापनका लागि हाल अबलम्वन गरेका उपाय तथा जोखिम व्यवस्थापनका लागि प्रस्तावित भावी योजना समेतको जानकारी गराएका थिए।
यस्तै खुला छलफलमा अधिकांश सहभागीहरुले कोषले आधुनिक प्रविधि अबलम्बन गरी क्षतिपूर्ति दाबी भुक्तानीलाई सरलीकृत तथा छिटो बनाउन सुझाव प्राप्त भएको थियो। मृत्यु दाबीको हकमा कोषको कर्जा सुरक्षण नियमावलीमा संशोधन गरेरै भए पनि क्षतिपूर्तिलाई व्यवहारिक बनाउने सुझाब जोडदार रुपमा प्रस्तुत भयो। कोषले आफ्नो क्षमता अभिबृद्धि गर्दै सुरक्षण कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक पहल गर्नुपर्ने समय आइसकेको टिप्पणी महत्वको साथ प्रस्तुत भएको थियो।
त्यसका साथै सहभागीहरुबाट आएका विभिद टीका टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले थप प्रष्ट पारेका थिए र सहभागीहरुबाट प्राप्त सुझाबहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चान गर्न कोष कटिबद्ध रहेको र वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षासहित कार्यक्रम समापन गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                