सोमबार, श्रावण १८,२०८३ 02:29:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:41
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस मूल्य कति पुग्यो ?

सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस मूल्य कति पुग्यो ?
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारको सुनको मूलयमा व्यापक वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.४९ प्रतिशत अर्थात ३५.०५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९१.५९ डलर पुगेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २.७८ प्रतिशत अर्थात ०.८४ प्रतिशतले बढेर प्रतिऔंस ३१.२१ डलर पुगेको छ ।  

बितेको एक सातामा सुनको मूल्य २.८० प्रतिशतले बढेको छ । अर्थतन्त्रमा सुधार आउँदै अमेरिकामा २ लाख ६ हजार नयाँ रोजगार थपिएको र अमेरिकी बोृन्डको प्रतिफलमा गत शुक्रबार आएको गिरावटका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको हो ।  

अमेरिकामा अपेक्षा गरिएभन्दा बढी संख्यामा रोजगारी थपिएको छ । विज्ञहरुले गत महिना १ लाख ९० हजार रोजगारी थपिने अपेक्षा गरेका थिए । अपेक्षाभन्दा बढी मानिसले काम पाएपनि अमेरिकाको आन्तरिक  प्रतिवेदन अझै कमजोर नै रहेको छ । अमेरिकाको बेरोजगारीदर अपेक्षा गरेभन्दा बढी अर्थात ४.१० प्रतिशत रहेको छ । सन् २०२३ को जनवरी र अप्रिल  महिनामा अमेरिकामा बेरोजगारीदर ५० वर्षकै न्यून स्तरमा पुगेको थियो । त्यसबेला बेरोजगारी दर ३.४ प्रतिशतमा सीमित बनेको थियो ।  

गत शुक्रबार अमेरिकी १० वर्षे बोन्डको प्रतिफल ४.२८ प्रतिशतबाट घटेर २.१५ प्रतिशतमा सििमत बनेको छ । त्यस्तै अमेरिकी डलर इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर १०४.८८ मा सीमित बनेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.