सोमबार, श्रावण १८,२०८३ 04:53:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:53:27
Bizshala
Global IME Bank Limited

आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट

आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट
New Office

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९.४६ प्रतिशतले घटेको हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ६ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा समीक्षा अवधिसम्म भने ३९.४६ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको ब्याजबाट हुने आम्दानी समेत घटेको छ । संस्थाले समीक्षा अवधिसम्म ब्याजबाट हुने आम्दानीमार्फत ३४ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ थियो ।  

संस्थाको सञ्चालन मुनाफा पनि ३९.४५ प्रतिशतले घट्दै १ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।  

संस्थाले खराब कर्जा अनुपात भने ०.२३ प्रतिशतले घटाउन सफल भएको छ । अघिल्लो आवमा ४.८७ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६४ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ६.८० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.३२ गुणा,प्रतिसेयर नेटवर्थ १४४.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६४.९६ रुपैयाँ र तरलता अनुपात ३.९५ गुणा कायभ भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.