काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।
यससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलमा १०० बढेर प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ भने प्रतितोलामा १० रुपैयाँ घटेको छ । आज नेपालीमा बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।