काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमाकुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।