मंगलवार, चैत्र ३,२०८२ 11:09:53
Bizshala
  • मंगलवार, चैत्र ३,२०८२ 11:09:53
Bizshala
Global IME Bank Limited

शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेस ग्रुपको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न

Hyundai Nepal
शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेस ग्रुपको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न
Shivam Cement

काठमाण्डौ । शौर्य सिमेन्ट लिमिटेड र स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको जानकारी दिइएको थियो ।

उक्त अवसरमा कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काईग्रुपसँग साझेदारी गरिएको बताए । कार्यक्रममा आर्थिक संकटका कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुले सहजीकरणको अपेक्षा गरेको विषय राखिएको थियो ।  

उक्त कार्यक्रममा स्काईहोल्डिङ ग्रुपका सल्लाहकार युवकराज भण्डारी, बागमति प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल ,निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्राण्ड प्रवन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत ,प्राविधिक प्रमूख दिवश देवकोटा लगायतका उपस्थिती रहेको थियो ।  

सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४ हजार ५०० मेट्रिक टन रहेको छ । कम्पनीले दैनिक रुपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्छ । कम्पनीद्वारा ४३ र ५३ ग्रेडओपिसि, पिपिसि सिमेन्टउत्पादन र बिक्री वितरण गर्दै आएको छ।

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.