सोमबार, श्रावण १८,२०८३ 01:59:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:33
Bizshala
Global IME Bank Limited

निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल

निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । नर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गरेर व्यापार घाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए ।

 जिडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष मल्लले भने,‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्ब ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’

नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनु पर्नेमा मल्लले जोड दिए । उनले भने,‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनु पर्दछ, । मुलुकभित्रका  प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ, ।’  

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनु पर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए ।  

निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने उनको भनाई छ । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।  

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.