सोमबार, श्रावण १८,२०८३ 03:40:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:22
Bizshala
Global IME Bank Limited

कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा

कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा
New Office

काठमाण्डौ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई लक्षित गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारले ईभी सवारी साधनमा दिएको कर छुटको व्यवस्थालाई दुरुपयोग गरेर कर छली भईरहेको सूचनाको आधारमा विभागले चिनियाँ ईभी ब्राण्डमाथि छानबिन प्रक्रिया अघि बढाएको हो ।  

केहि दिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा ईभीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको थियो ।  

विभागले विशेष गरेर चिनियाँ ईभी ब्राण्ड बीवाईडीलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेो जनाएको छ । अनुसन्धानका क्रममा विभागबाट खटिएको टोलिले बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकमा छापा मारेको छ । छापा मारेर ल्याइएको कागजात अपूग भएपनि विभागले थप काजजात पनि माग गरेको छ । विभागले अहिले थप कागजातका आधारमा अनुसन्धान भईरहेको जनाएको छ ।  

सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता र नेपाल भित्रिएका ईभी ब्राण्डको संख्यालाई केन्द्रविन्दुमा राखेर विभागले अनुसन्धान गरिरहेको छ । यतिबेला विशेष गरेर चिनियाँ नाका हुँदै आउने विद्युतीय सवारी साधनको मोटर क्षमता घटाउँदै कर छलि भईरहेको विभागले आशंका गरेको छ ।  

यसै विषयमा बीवाईडीसँगै एमजी मोटर्सको ईभी सवारीबारे समेत विभागले विवरण माग गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.