सोमबार, श्रावण १८,२०८३ 02:24:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:36
Bizshala
Global IME Bank Limited

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास
New Office

काठमाण्डौ । संसदमा राखेको अविश्वासको मत अस्वीकृत भई सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शितल निवास पुगेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड संसद भवनबाट सोझै शितल निवास गएका हुन् । 

असार १८ गते पनि प्रचण्ड शितल निवासमा पुगेका थिए । त्यसबेला उनले राष्ट्रपति पौडेलसँग आफूले राजीनामा नदिने, संसद फेस गर्ने बताएका थिए । त्यस क्रममा प्रचण्डले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए । त्यसबेलाको छलफलमा राष्ट्रपति पौडेलले प्रचण्डको प्रस्तावमा ग्रिन सिग्नल दिएका स्रोतहरुले बताउने गरेका छन् । यहीकारण समेत संसदबाट विश्वासको मत फेल भएपछि प्रचण्ड शितल निवास पुगेका हुन् । प्रचण्ड हतार हतार शितल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

प्रचण्ड र सिंगो माओवादी पंक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन नहोस् भन्नेमा जोडबल गरिरहेका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान भए ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांगे्रस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।  

प्रचण्डले आज संसदमा विश्वासको मत लिन खोजेका थिए । तर, उनको पक्षमा ६३ मत मात्र पर्यो भने दुईतिहाई सांसदले उनको प्रस्तावको विपक्षमा मतदान गरे ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.