• आईतवार, भाद्र २९,२०८२ 03:33:14
Global IME Bank Limited

सत्ता गुमेपछि प्रचण्डको छटपटी, पूर्व माओवादी शक्तिसँग एकता गर्न तीव्र छलफल

Hyundai Nepal
सत्ता गुमेपछि प्रचण्डको छटपटी, पूर्व माओवादी शक्तिसँग एकता गर्न तीव्र छलफल

काठमाण्डौ । लगातार ९ वर्षसम्म सत्तामा बसेर हालीमुहाली गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्व माओवादी घटकहरुसँग एकताको पहललाई तीव्र बनाएका छन् ।  

सत्तामा रहुञ्जेल माओवादीबाट छुट्टिएर अन्य दल बनाउनेहरुको विषयमा चासो नदिएका प्रचण्डले सरकार ढलेपछि पुनः राजनीतिक शक्ति प्राप्तिको उद्देश्यले पूर्व माओवादी घटकहरुसँग एकताको पहल सुरु गरेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले छिन्नभिन्न भएका माओवादी निकट शक्तिहरुलाई मिलाएर ठूलो दल बनाउने र पहिलाजस्तै शक्तिशाली बनी सत्तामा फर्किने रणनीतिअनुसार पहिलो चरणमा नेत्रविक्रम चन्द(विप्लव)को पार्टीसँग छलफल अगाडि बढाएका स्रोतले जनाएको छ ।

विप्लवसँग सत्ता पलट भएलगत्तै प्रचण्डले एक चरणको छलफल गरिसकेका माओवादीका एक पदाधिकारी तहका नेताले जानकारी दिए । प्रचण्डले विप्लवको पार्टीसँग एकता गर्नेसम्मको सोंच बनाएका छन् ।  

यस्तै, महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको पहल अगाडि बढाइएको स्रोतको भनाई छ । दाहाल निवास खुमलटारमा यादव नेतृत्वको पार्टीका पदाधिकारीहरुसँग एकचरणको छलफल भइसकेको छ ।  

यस्तै, माओवादीबाट अलग्गिएर आम जनता पार्टी गठन गरेको प्रभू साहलाई समेत फर्काउने प्रयासलाई अगाडि बढाइएको छ । साहलाई माओवादीको महत्वपूर्ण  जिम्मेवारी दिएर भित्र्याउने कसरत थालिएको बुझिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.