सोमबार, श्रावण १८,२०८३ 02:28:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:13
Bizshala
Global IME Bank Limited

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

केपी ओली प्रधानमन्त्रीमा नियुक्त
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । 

असार २८ गते संसदमा विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढलेको थियो । योसँगै नयाँ सरकार गठनको ढोका खुलेको थियो ।  

सोही दिन राष्टपति दलहरुलाई नयाँ सरकार गठनका लागि आइतबार(आज) साँझ ५ बजेसम्मको समय दिएका थिए । सोही दिन कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्दै १६६ सांसदको हस्ताक्षरसहितको पत्र शितल निवासमा दर्ता गराएका थिए ।  

ओली नेतृत्वको सरकारलाई कांग्रेसबाहेकका दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसहित दुईतिहाईको समर्थन रहेको छ ।  

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ सोमबार बिहान ११ बजे हुने शितल निवास स्रोतले जनाएको छ ।  

आफ्नो सपथ लगत्तै ओलीले पूर्ण मन्त्रीपरिषद गठनको तयारी गरेका छन् । सरकारमा सहभागी सबै दलहरुबाट मन्त्री हुनेहरुको नाम आज रातिसम्म फाइनल गरी भोलि नै सबैको सपथ गराउने उनको चाहना छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.