सोमबार, श्रावण १८,२०८३ 02:23:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:30
Bizshala
Global IME Bank Limited

प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?

प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?
New Office

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ जेठ महिनाका लागि भने बैंकले अधिकतम ७.५०० प्रतिशत ब्याजदर दिएको थियो।  

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत,६ महिनादेखि १२ महिना अवधिका लागि ६ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ४.५०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.