सोमबार, श्रावण १८,२०८३ 03:40:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:40
Bizshala
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?

युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ११९.८२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिसम्म सस्थाको खुद मुनाफा ३ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको  खुद मुनाफा १ करोड ५१ लाख रुपैयाँमा सीमित थियो ।  

त्यस्तै समीक्षा अवधिसम्म कर्जा प्रवाहमा २.१९ प्रतिशतको कमी आएपनि संस्थाले निक्षेप संकलन भने १.६२ प्रतिशतले बढाउन सफल भएको देखिन्छ । संस्थाले २ अर्ब ५४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।  

वित्तीय संस्थाहरुको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । सस्थाले खुद ब्याज आम्दानी गत आवको तुलनामा ११.८३ प्रतिशतले खम्चिएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म १३ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको समीक्षा अवधिसम्म भने ११ करोड ८१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात भने वृद्धि भएकोृ छ । अघिल्लो आवमा ७.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९२ प्रतिशत पुगेको छ ।  

संस्थाको इम्प्येरमेन्ट चार्जमा भने उल्लेख्य कमी आएको छ । गत आवको तुलनामा इम्प्येरमेन्ट चार्ज ५३.७७ प्रतिशतले घटेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको चुक्तापूँजी १४ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १८ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी(ईपीएस) ४४.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.९५ गुणा र प्रतिसेयर नेटवर्थ ३२५.६४ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.