सोमबार, श्रावण १८,२०८३ 02:29:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:52
Bizshala
Global IME Bank Limited

एक दशकमा एनभिडियाको बजार पूँजीकरण अमेरिकी सेयर बजारको भन्दा बढी पुग्ने

एक दशकमा एनभिडियाको बजार पूँजीकरण अमेरिकी सेयर बजारको भन्दा बढी पुग्ने
New Office

काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एनभिडियाको बजार पूँजीकरण अबको १ दशकमा ५० ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । प्राविधिक सेक्टरका दिग्गज लगानीकर्ता जेम्स एन्डरसनले यस्तो बताएका हुन् ।  

एन्डरसनले एनभिडियाको बजार पूँजीकरण अबको १० वर्षमा अमेरिकी सेयर बजार एस एण्ड पी५००(४७ ट्रिलियन डलर)को भन्दा बढी हुने दाबी गरेका  हुन् ।  

एआई चिप्स बनाउने एनभिडियाले एआई क्षेत्रमा एकाधिकार जमाईरहेको छ । कम्पनीले ओपन एआई र च्याट जीपीटी जस्ता चर्चित एआई टुल्स विकास गरेको छ ।  

यो वर्ष कम्पनीको सेयरमूल्य १६२ प्रतिशतले वृद्धि भईसकेको छ । अहिले कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । जुन कम्पनीको सन् २०१८ मा रहेको बजार पूँजीकरणको तुलनामा २० गुणा बढी हो । सन् २०१८ मा कम्पनीको बजार पूँजीकरण १५० मिलियन डलर मात्रै थियो ।  

कम्पनीले गत जुन महिनामा माइक्रोसफ्ट र एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो ।  

जेम्स एन्डरसनले ४ दशकभन्दा लामो समय स्कटीस लगानी कम्पनीमा काम गरेका छन् । उनले सन् २०१६ मा एनभिडियाको सेयर खरिद गरेर प्राविधिक कम्पनीको स्टारका रुपमा देखा परेका छन् । -एजेन्सी   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.