सोमबार, श्रावण १८,२०८३ 02:22:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:50
Bizshala
Global IME Bank Limited

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ
New Office

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.१७ प्रतिशतले बढेको हो ।  

कम्पनीले समीक्षा अवसिम्म ८८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले खुद नाफाबापत ७३ लाख ६१ हजार रुपैयाँ कमाएको थियो ।  

यस्तै कम्पनीको आम्दानी २.१६ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने जम्मा ५ करोड ४६ लाख आम्दानी गरेको छ ।  

कम्पनीको प्रशासनिक खर्च भने २८.५४ प्रतिशतले घट्दै ६६ लाख ९७ हजारमा झरेको छ । अघिल्लो आवमा यस्तो खर्च ९३ लाख ७३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च समेत घटेको छ । अघिल्लो आवमा ८१ लाख २३ हजार रहेको वित्त खर्च घटेर ६२ लाख  ५३ हजारमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभ एण्ड सरप्लस १४.८४ प्रतिशतले घट्दै २ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ ।  

कम्पनीको पैतिसेयर आम्दानी(वार्षिकीकरण)१.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.९५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.८० र मुल्य आम्दानी अनुपात १४०.३२ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.