सोमबार, श्रावण १८,२०८३ 02:24:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:26
Bizshala
Global IME Bank Limited

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य गर्नतर्फ अग्रसर हुने बताए । डेडिकेटेड र ट्रंक लाइनसँग सम्बन्धित विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित छानबिन आयोग ०७२ माघअघि र ०७५ वैशाख पछिको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल लिन नमिल्ने र त्यसबीचको भने भुक्तानी गर्न सिफारिस गरेको थियो ।

डेडिकेटेड र ट्रंक लाइनको भुक्तानी नगरेको भन्द्रै प्राधिकरणले हाल ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स प्रालि, हुसाल स्टिल र जगदम्बा स्टिलको लाइन काटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.