काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।