बिहीबार, श्रावण १५,२०८२ 01:03:42
  • बिहीबार, श्रावण १५,२०८२ 01:03:42
Global IME Bank Limited

नयाँ सरकार आएपछि सेयर बजारमा उत्साह, अब सेयर बजारमात्र होइन सम्पूर्ण बजार चलायमान हुन्छ: प्रम ओली

Hyundai Nepal
नयाँ सरकार आएपछि सेयर बजारमा उत्साह, अब सेयर बजारमात्र होइन सम्पूर्ण बजार चलायमान हुन्छ: प्रम ओली
Shivam Cement

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको आगमनपछि सेयर बजारमा उत्साह छाएको बताएका छन् । आज संसदमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

उक्त क्रममा ओलीले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताए । ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको हो । हाम्रो सरकारप्रतिको विश्वासकै कारण यो सम्भव हो । अब सेयर बजारमात्र होइन, पूरै बजार चलायमान बनाइनेछ’ उनले भने,‘ ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो ।’  

प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए ।

उनले सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग रहेको दाबी गरे । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.