सोमबार, श्रावण १८,२०८३ 02:23:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:04
Bizshala
Global IME Bank Limited

तेह्रथुम पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?

तेह्रथुम  पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८७५.७१ प्रतिशतले वृद्धि भएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा  ६ लाख ६२ हजार रुपैयाँमा सीमित थियो ।  

त्यस्तै कम्पनीको सञ्चालन नाफा समेत वृद्धि भएको छ । कम्पनीको सञ्चालन नाफा १२.४९ प्रतिशतले बढ्दै ५ करोड ९४ लाख रुपैयाँ पुगको छ ।  

कम्पनीले विद्यु्त बिक्रीबाट हुने आम्दानी समेत बढाएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.८५ प्रतिशतले बढेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ८ करोड २७ लाख रुपैयाँ विद्युत बिक्रीबाट कमाएको कम्पनीले ९ करोड १ लाख कमाउन सफल भएको छ ।  

यद्यपी कम्पनीको रिजर्भ भने १३ करोड ८९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । कम्पनीले दिर्घकालिन ऋण दायित्व ९६ करोड ८१ लाख रुपैयाँ र अल्पकालिन ऋण १ करोड रुपैयाँ छ ।  

यस अवधिसम्म कम्पनीको प्रशासनिक खर्चमा सामान्य वृद्धि भएको छ । अघिल्लो आवसम्म १८ लाख १८ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च बढेर १८ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर मूल्य(ईपीएस) ३.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०३.९० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.