सोमबार, असार २,२०८२ 06:33:08
  • सोमबार, असार २,२०८२ 06:33:08
Global IME Bank Limited

२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो

Hyundai Nepal
२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमासम्म २ करोड रुपैयाँ बढीले घाटामा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चाल् आवको दोस्रो त्रैमासम्म २ करोड १५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोहि अवधिसम्म संस्था २ करोड ४० लाख रुपैयाँले घाटामा थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिसम्म भने ४५ करोड ९८ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ ।  

संस्थाले कर्मचारी खर्चमा भने कटौति गर्न सफल भएको छ । संस्थाले कर्मचारीमा खर्च ०.५५ प्रतिशतले घटाउँदै १४ करोड ७२ लाख रुपैयाँमा झारेको छ । तर संस्थाको अन्य सञ्चालन खर्च भने वृद्धि भएको छ । अघिल्लो आवमा २४ करोड ७३ लाख रुपैयाँ रहेको संस्थाको अन्य सञ्चालन खर्च बढेर २९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको निष्कृय कर्जा÷खराब कर्जा भने बढेको छ । संस्थाको खराब कर्जा ५.७२ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको सञ्चित मुनाफा घटेर १ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको जगेडा तथा कोष १.४२ प्रतिशतले

बढेर २७ कराड ३८ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको ईपीएस ९.७५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.