काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ ।
कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर वितरणपछि यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । यही चुक्तापूँजीको ४२ प्रतिशतका दरले कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।