सोमबार, श्रावण १८,२०८३ 03:41:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:41:34
Bizshala
Global IME Bank Limited

२० हजार अमेरिकी डलरसहित नेपाली नागरिक पक्राउ

२० हजार अमेरिकी डलरसहित नेपाली नागरिक पक्राउ
New Office

काठमाण्डौ । बीस हजार अमेरिकी डलरसहित एकजना नेपाली नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले अवैध रुपमा डलर राखेको आरोपमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षिय नुर्पु तामाङ पक्राउ गरेको हो । 

उनलाई लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  

तामाङलाई रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ २० हजार डलर लैजादै गर्दा पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट अमेरिकी डलर १ सयका नोट २ सय थान गरी २० हजार डलर प्राप्त गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकि रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलिले चेक जाँच गरेको थियो ।  

तामाङलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.