काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । अघिल्लो दिन ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कायम थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।