काठमाण्डौ । राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ ।
मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो ।
ब्याजदर करिडरको निक्षेप संकलनको दरको तल्लो सीमा ३ प्रतिशतलाई कायम राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात, बैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।