काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले निकै लचक मौद्रिक नीति आएको बताएका छन् ।
व्यवसायदेखि बैंकहरुसम्मका समस्यालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थाहरु आएका उनको भनाई छ ।
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाको विचारमा मौद्रिक नीतिले लिएको निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.५ प्रतिशत हुने लक्ष्य तथा प्रक्षेपण पूरा हुने खालका नीतिगत व्यवस्थाहरु भएका छन् ।
अझ अर्थतन्त्रको मेरुदण्ड मानिएको निर्माण क्षेत्रका लागि त मौद्रिक नीतिले बम्पर व्यवस्थाहरु गरिदिएको छ । कोइरालाले बिजशालासँग भने-'मौद्रिक नीतिका कारण शिथिल बनेको बजार चलायमान हुने भयो ।'
उनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि समेत राहात हुने खालका नीतिहरु आएका छन् । पूँजीकोषको दवाब लगायतका समस्याबाट पीडित बनेका बैंकहरुले मौद्रिक नीतिपछि राहातको श्वास फेर्ने अवसर पाएका समेत उनले प्रतिक्रिया दिए ।
'समग्रमा भन्नुपर्दा अब कर्जा बिस्तार हुने वातावरण बनेको छ । बैंकहरुले थप केही काम गर्ने अवस्था बनेको छ ।'-उनले भने ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                         
                                        (1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                