मंगलवार, श्रावण १९,२०८३ 04:10:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:10:26
Bizshala
Global IME Bank Limited

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट
New Office

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार  संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १३ लाख ५३ हजार रुपैयाँ नाफामा थियो ।  

संस्थाको खुद ब्याज आम्दानी २६.०७ प्रतिशतले घट्दै २९ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४० करोड २० लाख रुपैयाँ थियो ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ६३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ४१ करोड मात्रै निक्षेप संकलन गरेको छ ।  

संस्थाको बर्जा प्रवाह समेत २.७८ प्रतिशतले घट्दै ४ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेर ७.८५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ४.९४ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१८.७३ रुपैयाँ ऋणात्मक,मूल्य आम्दानी अनुपात २९.६५ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १२९.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३१.८७ रुपैयाँ र तरलता अनुपात ९.३५ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.