बुधबार, श्रावण १४,२०८२ 05:29:51
  • बुधबार, श्रावण १४,२०८२ 05:29:51
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो ।  

साउन १८ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ ।  

Muktinath Bikas Bank Limited

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ–संस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता,दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको उल्लेख गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.