काठमाण्डौ । घरेलु बजारमा आज सुनको सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।