काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।