काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन मनाएका छन् । सीईओ बुढाथोकीले जन्मदिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी खरिद गरेका हुन् ।
आज परेको जन्मदिनको अवसरमा उनले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन् । बचतसँगै जीवन सुरक्षाका लागि जीवन बीमा पोलिसी खरिद गरेको बुढाथोकीले बताए ।
हिमालयन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै गई पोलिसी हस्तान्तरण गरेका हुन् ।
अनावश्यक खर्च गरी जन्मदिन मनाउनु भन्दा समाजमा सकारात्मक छाप छोड्न बीमा पोलिसी खरिद गरेको उनले बताए । ‘भविष्यमा हुन सक्ने आर्थिक सुरक्षाका लागि पनि जीवन बीमा आवश्यक छ, जीवन बीमाले बीमित तथा ग्राहकलाई बचत गर्न प्रोत्साहन गर्दछ, यसकारण राम्रो उदाहरण सेट गर्न पनि मैले जन्मदिनको अवसरमा बीमा पोलिसी खरिद गरेको हुँ’ उनले भने ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।