काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।