सोमबार, श्रावण १८,२०८३ 02:21:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:49
Bizshala
Global IME Bank Limited

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।  

कम्पनीले घाटाको अवस्थालाई सुधार गर्दै ४५ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । यद्यपी कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ४ करोड १२ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म ३ करोड ८४ लाख मात्रै आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च ४८.५० प्रतिशतले बढाउँदै २९ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । प्रशासनिक खर्च भने ३१ लाख ७५ हजारबाट घटेर १० लाख ३८ हजारमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६९.८१ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.