काठमाण्डौ । केही दिनदेखि निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४५ प्रतिशत अर्थात १२ डलरले घटेको छ ।
यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५०१ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.०२ डलरले घटेर प्रतिऔंस २९.४३ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।