काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।