काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३१ प्रतिशत अर्थात ७.७९ डलरले घटेको छ ।
यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५०७ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.०१ डलरले घटेर प्रतिऔंस २९.९ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।