सोमबार, असार २,२०८२ 05:53:15
  • सोमबार, असार २,२०८२ 05:53:15
Global IME Bank Limited

सीवाईसी नेपाल लघुवित्तले आर्जन गर्‍यो २.१० करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
सीवाईसी नेपाल लघुवित्तले आर्जन गर्‍यो २.१० करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकोले चालु् आवको दोस्रो त्रैमाससम्ममा २ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ । 

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद  मुनाफा २ करोड ३८ लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वित्तीय संस्थाहरुको मुख्य आम्दानीको रुपमा रहेको खुद ब्याज आम्दानी भने ३८.७० प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ३८ करोड ४५ लाख रुपैयाँ छ । संस्थाको इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ९३.९४ प्रतिशतले घट्दै ८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७७ प्रतिशत कायम भएको छ ।  

संस्थाको सञ्चालन खर्च ३२.०३ प्रतिशतले बढेर १४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म २ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा संस्थाले कर्जा प्रवाह भने ५ अर्ब ७२ करोड रुपेयाँ गरेको छ । संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ३० करोड ४५ लाख रुपैयाँबराबरको रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१४.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५०.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६७.५३ गुणा र तरलता अनुपात ११.७९ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.