सोमबार, श्रावण १८,२०८३ 03:40:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:07
Bizshala
Global IME Bank Limited

सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ

सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ
New Office

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको घाटा ११६०.५५ प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको घाटा ३१ लाख ७२ हजार रुपैयाँ थियो ।  

संस्थाको खुद ब्याज आम्दानी २१.३७ प्रतिशतले घट्दै ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा अनुपात ९.०४ प्रतिशतबाट बढेर १४.६५ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ९ करोड ३९ लाख रुपैयाँ छुट्टाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५.२३ प्रतिशतले बढी हो ।  संस्थाले कर्मचारी खर्च ३ करोड ९० लाख र अन्य सञ्चालन खर्च १ करोड १७ लाख रुपैयाँ गरेको छ ।  

संस्थाको निक्षप संकलन ६१ करोड ३७ लाख रुपैयाँबाट घटेर ५२ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि १ अर्ब ५१ करोडबाट घटेर १ अर्ब २० करोड रुपैयाँ सीमित भएको छ । संस्थाको रिजर्भको आकार पनि ८ करोड ६९ लाखबाट घटेर ३ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ५५.०८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १२२.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०२१.७९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५.०३ गुणा ऋणात्मक र तरलता अनुपात २७.९२ गुणा कायम भएको छ ।  

कम्पनीको अधिकांश सूचक खराब रहेतापनि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य भने प्रतिकित्ता ८२३ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.