काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात ८.३७ डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१६ डलर पुगेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.२३ डलरले बढेर प्रतिऔंस २९.४१ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।